मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
सारांश
- काठमाडौँ, ३ फागुन ।
- मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
- गएराति १।
काठमाडौँ, ३ फागुन । मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा पछाडि बस्ने नाम, थर नखुलेका एक युवा घाइते भएका छन् ।
घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया