अपाङ्गता भएका व्यक्तिकाे अधिकार कार्यान्वयन गर्न माग !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अपाङ्गता भएका व्यक्तिकाे अधिकार कार्यान्वयन गर्न माग !

सारांश

  • भक्तपुर, ३ भदौ ।
  • कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ ।
  • भक्तपुर बहिरा सङ्घको आज भएको ११ औँ अधिवेशन तथा २२ औँ वार्षिक साधारणसभामा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा अपाङ्गताको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताए ।

भक्तपुर, ३ भदौ । कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ । भक्तपुर बहिरा सङ्घको आज भएको ११ औँ अधिवेशन तथा २२ औँ वार्षिक साधारणसभामा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा अपाङ्गताको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताए । सञ्चारविहीन अवस्थामा समस्या भोगिरहेका बहिराको हितका लागि सरकारले दोभाषेको व्यवस्था गर्नुपर्ने तथा उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारी र भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले विभिन्न १० प्रकारका अपाङ्गतामध्ये बहिरा अपाङ्गता संवेदनशील भएकाले हरेक स्थानीय तह र उद्योगमा उनीहरुलाई रोजगारी प्रदान गरिनुपर्नेमा जोड दिए । सङ्घले बहिरा तथा अन्य स्रोतबाट सङ्कलन भएको रकमबाट भक्तपुर नगरपालिका–१० मा खरीद गरेको दुई आना दुई पैसा जग्गामा भवन निर्माणका लागि करीब रु पाँच लाख सङ्कलन भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा:  रिता माझी
सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा: रिता माझी
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार
देउवाको अनुपस्थितिले प्रधानन्यायाधीश सिफारिस रोकियो
देउवाको अनुपस्थितिले प्रधानन्यायाधीश सिफारिस रोकियो
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
साक्षीलाई प्रभाबित पार्दै जिसिअ महतो ,मन्त्रालय मौन
साक्षीलाई प्रभाबित पार्दै जिसिअ महतो ,मन्त्रालय मौन
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?