देउवाका प्रतिस्पर्धी निस्के सिंह, दुईजना भिड्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
देउवाका प्रतिस्पर्धी निस्के सिंह, दुईजना भिड्दै

सारांश

  • काठमाडौं, १९ फागुन – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।
  • यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ ।
  •  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, १९ फागुन – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए । नेता रामचन्द्र पौडेल पक्षले देउवालाई निर्विकल्प दलको नेता बन्न नदिन सिंहलाई अगाडि सार्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले निर्वाचन भएमा देउवा निर्वाचित हुने लगभग पक्का छ । ‘अहिलेसम्म पार्टीका सबै नेता सर्वसम्मत रूपमै दलको नेता चयन गर्न छलफलमा जुटिरहनुभएको छ, तर कुनै निष्कर्ष निस्केको छैन, निर्वाचनबाटै दलको नेता चयन गर्ने परिस्थिति सिर्जना हुँदै गएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने ।

देउवा समूहमा प्रधान र चौधरी
कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षबाट प्रत्यक्षमा तीनजना निर्वाचित भएका थिए । जसमा गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान छन् । दलको नेता निर्वाचनमा भने सिटौला पक्षमा विभाजन आएको छ । स्रोतका अनुसार सांसद थापा कतै खुलेका छैनन् भने चौधरी र प्रधानले देउवालाई सहयोग गर्ने भएका छन् ।

संस्थापन प्रत्यक्ष : ११ सांसद
देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, प्रदीप गिरी सिरहा १, मोहन आचार्य रसुवा, अमरेशकुमार सिंह सर्लाही ४, भरत शाह रुपन्देही ५, देवेन्द्रराज कँडेल नवलपरासी २, प्रमोदकुमार यादव रुपन्देही ४ र अभिषेकप्रताप शाह कपिलवस्तु ३ विजयी भएका छन् ।

पौडेल पक्ष प्रत्यक्ष : नौजना
प्रकाशमान सिंह काठमाडौं १, डा. शशांक कोइराला नवलपुर १, डा. मीनेन्द्र रिजाल मोरङ २, डा. नारायण खड्का उदयपुर १, राजन केसी काठमाडौं १०, अफताव आलम रौतहट २, देवीप्रसाद तिमल्सिना रौतहट ४, तेजुलाल चौधरी सप्तरी ४, सञ्जय गौतम बर्दिया १ छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Karki Pardesi Karki

    Kanfam deuba

    Comment Author

    Innocence Heart

    गगन थापा सिटौला तर्फ पो हो? सिटौला त काँग्रेस को virus हो। Deuba को बोल्ने तरिका शून्य छ। के के नै मै हुँ भन्छ। त्यसैले प्रकाश मान सिंह लाइ चुन्दा राम्रो हुन्छ।

    Comment Author

    Hemanta Parajuli

    “शर्मनाक हार”व्यहोरीसकेपछी पनि पदिय दायित्व आफ्नो कब्जामा राखीरहने देउवा पध्दतिले कांग्रेस सखाप त बनायो नै । फेरी पनि सभापती मै लडीवुडी गरीरहने तुच्छ र घटिया व्यवहारले भारतको ईशारामा नाचेर कांग्रेसलाई अझै सिध्याउने उहांको खेल वुझ्न अव कठिन हुनेछैन । देउवाको दिमागमा स्यांउस्यांउती कीरा परेकोले उहांका मतियारहरु भरौटेहरुले उल्टो सरसल्लाह र गलत सुझाव दिनाले कांग्रेसलाई उठ्न गाह्रो भयो ।

    Comment Author

    Bhupal Ghimire

    जित्छ प्रकाश् मान्ले

    Comment Author

    Puran Kc

    Asafal p.m. asafal neta ser bdr

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?