बाँकेमा कांग्रेसको पहिलो खाता हमालले खोले

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४० पटक हेरिएको
Shares
बाँकेमा कांग्रेसको पहिलो खाता हमालले खोले

सारांश

  • बाँके प्रदेश सभा क्षेत्र नं.
  • २ (ख) मा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् ।
  • उनले संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७७९ मत अन्तरले पराजित गरेका हुन् ।

बाँके प्रदेश सभा क्षेत्र नं. २ (ख) मा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७७९ मत अन्तरले पराजित गरेका हुन् ।

हमालले ९ हजार २११ र गुप्ताले ८ हजार ४३२ मत प्राप्त गरेका छन् । ओलम्पियन हमाल राष्ट्रिय खेलकुद परिषदका कोषाध्याध्यक्ष हुन् । उनी भारोत्तोलन खेलका ओलम्पियन हुन् । लामो समय नेपाली काँग्रेसको राजनीति गर्दै आएका हमाल नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलका स्थायी बासिन्दा हुन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ