माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !

सारांश

  • काठमाडौं, ३० वैशाख।
  • नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई समेत इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गर्नु निन्दनीय छ ।
  • हामी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता रस्वाभिमानमाथि गरिएको उक्त प्रहारको भत्र्सना गर्दछौं ।

काठमाडौं, ३० वैशाख। नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई समेत इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गर्नु निन्दनीय छ । हामी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता रस्वाभिमानमाथि गरिएको उक्त प्रहारको भत्र्सना गर्दछौं ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिन्छ ।’

‘नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उक्त उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्रमोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको छ । दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पु¥याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन हाम्रो पार्टी सरकारको ध्यानाकर्षण गराउँछ । यादवचन्द्र शर्मा, सचिव, नेकपा एमाले, वैदेशिक मामिला विभाग।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?