माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

सारांश

  • १७ मंसिर, जुम्ला ।
  • न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन ।
  • नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ ।

१७ मंसिर, जुम्ला । न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ ।

मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ ।

प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभा तथा समानुपातिकतर्फको मतपेटिका आसपासका कोठामा राखी सिल गरिएको ढोका नजिक कुरुवा बसेका उनीहरुले एक सातादेखि मतदाताको मतमा कुठाराघात हुने शंकाले २४ सै घण्टा पहरेदारी गर्दै आएको बताएका छन् ।

मतपेटिकाको कुरुवा बसेका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तेजेन्द्र हितानले नेपाली कांग्रेसको जित हुनेमा आफू ढुक्क रहेको बताए ।  “जनता कांग्रेसका पक्षमा रहेको जनाउँदै हितानले वाम गठबन्धनभित्रको किचलो र विवाद जितको प्रमुख आधार हो”–उनले भने।

कुरुवामा बसेका वाम गठबन्धनका कार्यकर्ता चक्रबहादुर रावलले ६ नं प्रदेशमै वाम गठबन्धनको अग्रिम जित रहेको बताए। “जुम्ला वाम गठबन्धनको जिल्ला हो, हाम्रो जित सुनिश्चित भइसकेकाले घोषणाको दिन पर्खाईका लागि हामीले आफूलाई जाडो मौसम अनुकूलित बनाएर बसेका छौँ”– उनले भने ।

बजारका चियापसल तथा प्रतीक्षालयमा लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ता भने बिहानै माइनस ५/६ डिग्री सेन्टिग्रेडको तापक्रम क्रुर चिसोमा तातो बहस चलाएर तर्कवितर्क गरिरहेको पाइन्छ ।

वाम गठबन्धनका अघि निकै कमजोर मानिएको लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनभित्र चुलिएको विवाद र अनुमानित अन्तरघातलाई जितको मुख्य कडी बनाएको पाइन्छ ।

वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य र प्रदेश क्षेत्र नं (ख) को उम्मेदवारको विजय घोषणा हुन मात्र बाँकी रहेको बताएको छ । ३१ हजार ७१४ मतदाता रहेको क्षेत्र नं (ख) मा २३ हजार ६२९ मत खसेको थियो । त्यसमा झण्डै ६६ प्रतिशत आफ्नो हिस्सामा राखेको वाम गठबन्धनले घातले जितमा कुनै असर नपर्ने जनाएको छ ।

आठ/आठ घण्टाको फरकमा एक अर्को गठबन्धनका कार्यकर्ताले पालैपालोगरी मतपेटिका कुर्ने काम गरिएको जनाइएको छ । प्रतिस्पर्धी देखिएका दुवै गठबन्धनका उम्मेदवारलाई भने जनताले न्याय गर्ने दिनको पर्खाईले निकै छटपटी बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै
काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
भारतप्रति ओली आक्रामक
भारतप्रति ओली आक्रामक
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
कांग्रेस बल्ल संघीयतामा जाँदै
कांग्रेस बल्ल संघीयतामा जाँदै