देउवाको सम्पत्ति किन गोप्य ?
सारांश
- काठमाडौं ।
- गरिब देश भएपनि नेपालका नेताहरु भने विश्वकै धनीमध्येमा पर्दछन् ।
- कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि देशका सर्वाधिक धनी व्यक्तिमध्येमा पर्दछन् ।
काठमाडौं । गरिब देश भएपनि नेपालका नेताहरु भने विश्वकै धनीमध्येमा पर्दछन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि देशका सर्वाधिक धनी व्यक्तिमध्येमा पर्दछन् । बुढानिलकण्ठमा आलिसान बंगला त उनको छँदैछ त्यसबाहेक पनि अर्बौं अकूत सम्पत्ति उनीसँग रहेको कांग्रेस नेताहरु नै बताउँछन् । मन्त्री नियुक्तिमा समेत देउवा निवासमा आर्थिक चलखेल हुने गरेको बताइन्छ । विभिन्न नियुक्ति र कर्मचारी/प्रहरीको सरुवा बढुवामा त सेटिङ बिना केही हुँदैन ।
दृष्टि साप्ताहिकमा खबर छ– त्यसकारण प्रधानमन्त्री देृवासँग कति सम्पत्ति छ भन्ने सबैलाई चासो छ । भ्रष्टाचार निवारणसम्बन्धि ऐनमा कुनै पनि सरकारी पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति बुझाउनुपर्ने प्रावधान छ । देउवाले ढिलै भएपनि सम्पत्ति विवरण त बुझाएका छन् । तर, त्यसलाई किन गोप्य राखिएको छ भन्ने कुरा रहस्यमय बन्दै गएको छ । यसअघिका सबै सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
उता एक मन्त्रीसहित १६ जना सांसदलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ । सम्पत्ति विवरण लुकाउने मन्त्री तथा सांसदहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको भए पनि देउवाको हकमा भने आयोग मौन बसेको छ ।
प्रतिक्रिया