देउवाप्रतिको आक्रोश कसरी शान्त होला ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
देउवाप्रतिको आक्रोश कसरी शान्त होला ?

सारांश

  • काठमाडौं।
  •   निर्वाचनको हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले इतिहासमै नभोगेको हार व्यहार्नुपरेको छ ।
  • चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै असन्तुष्टि व्याप्त छ ।

काठमाडौं।  निर्वाचनको हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले इतिहासमै नभोगेको हार व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै असन्तुष्टि व्याप्त छ । देउवा निकटस्थहरूले समेत उनीप्रति आक्रोश पोखिरहेका छन् ।

 

चुनाव हार्नुमा देउवाको विवादास्पद कदम मुख्य जिम्मेवार हो भन्ने आरोप उनीमाथि लागिरहेको छ । उनका अभिव्यक्तिहरू समेत विवादमा परे । विवादास्पद बोलीका कारण समेत मतदाताको विकर्षण बढ्यो । देउवा आइजीपी प्रकरण हुँदै महाभियोग र राजदूत प्रकरणमा विवादमा मुछिए । एआइजीहरूको दरबन्दी थपेको थप्यै गर्दा समेत विवाद बढ्यो । देउवाका कदमले नोक्शान पुगेको विश्लेषण काँग्रेसभित्र भएको छ । देउवाका कारण पार्टीले हार व्यहार्नुपरेको भन्दै प्रभावशाली नेताहरू समेत चिढिएका छन् ।

देउवाप्रति पार्टीभित्र आक्रोश बढिरहँदा उनका पक्षधरहरूले संविधान कार्यान्वयनका लागि हुनुपर्ने चुनाव गराएकाले जित भएको तर्क गरेका छन् । तर, देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको आवाज समेत उठेको छ । यसलाई थामथुम पार्न देउवालाई सहज छैन । विशेष महाधिवेशनको समेत आवाज उठिरहँदा यसलाई व्यवहारमा उतार्ने क्षमता असन्तुष्ट नेताहरूमा होला कि नहोला ?

विशेष महाधिवेशन बोलाइए देउवाको विकल्पको अहिल्यै खोजी हुनसक्छ । तर, काँग्रेसभित्र विशेष महाधिवेशन आयोजना भइहाल्ने सम्भावना कम छ । काँग्रेस नेता कार्यकर्ता चुनावका लागि खटिएकाले राजधानीमा आइसकेका छैनन् । केही नेताहरू राजधानी फर्कने क्रम शुरू भएको छ । नेताहरू फर्किएपछि देउवाप्रतिको आक्रोशले कस्तो रूप लेला चासोको विषय छ ।

हालको असन्तुष्टि र आक्रोश समय बित्दै जाँदा सामसुम हुने बुझाई देउवा पक्षधरहरूको छ । तर, उनीसँग नजिकिएकाहरूले समेत असन्तुष्टि पोखिरहेकाले देउवालाई सभापतिको कुर्सी जोगाउन सजिलो छैन । देउवाले नेतृत्व सजिलै हस्तान्तरण गर्लान् रु पार्टीभित्र बढेको आक्रोशलाई शान्त बनाउन के गर्लान् रु उनको भावी रणनीति के होला रु प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता हुने
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता हुने
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
वडा कार्यालयलाई रु २५ लाखको जग्गादान
वडा कार्यालयलाई रु २५ लाखको जग्गादान
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
कंकालीमा वनभोज गएका किशोरको डुवेर मृत्यु
कंकालीमा वनभोज गएका किशोरको डुवेर मृत्यु
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)

तपाईंले छुटाउनुभयो कि?