हुथी विद्रोहीका कारण यमनमा भोकमरी र कुपोषणको संकट गहिरिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
हुथी विद्रोहीका कारण यमनमा भोकमरी र कुपोषणको संकट गहिरिँदै

सारांश

  • काठमाडौं ।
  •  यमनमा दुई करोड जनता भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
  • हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पु¥याउन नसकेका कारण दुई करोड जनता मारमा परेका हुन् ।

काठमाडौं । यमनमा दुई करोड जनता भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पु¥याउन नसकेका कारण दुई करोड जनता मारमा परेका हुन् । संयुक्त राष्ट्रसंघले हुथी बिद्रोहीलाई पटक पटक खाद्य सामग्री उपलब्ध गराउने बाटो खुला गर्न आग्रह गर्दा पनि उनीहरुले कुनै प्रतिक्रिया दिएको छैन ।

हुथी बिद्रोहीले यमनको पश्चिमी क्षेत्र नियन्त्रणमा लिएको छ भने साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मंसुर हादीलाई देश निकाला समेत गरेको थियो । यमनमा चार वर्षदेखि जारी संघर्षमा हालसम्म ६ हजार ८ सयको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?