१५ गोली लाग्दासमेत दुश्मनमाथि जाइलाग्ने योगन्द्रको कहानी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
१५ गोली लाग्दासमेत दुश्मनमाथि जाइलाग्ने योगन्द्रको कहानी

सारांश

  • बीबीसी।
  • ३ जुलाई, १९९९ मा टाइगर हिलमा मा हिउँ परिरहेको थियो।
  • राति साढे नौ बजे अप्स रुममा फोनको घन्टी बज्यो।

बीबीसी। ३ जुलाई, १९९९ मा टाइगर हिलमा मा हिउँ परिरहेको थियो। राति साढे नौ बजे अप्स रुममा फोनको घन्टी बज्यो। अपरेटरले भने– कोर कमाण्डर नजरल किशन पाल मेजर जनरल मोहन्दिर पुरीसँग तत्काल कुरा गर्न चाहन्छन्।’ दुई जनाबीच केही मिनेटसम्म भएको कुराकानीपछि पुरीले ५६ माउन्टेन ब्रिगेडका डिपुटी कमाण्डर एसवीई डेविडसँग भने–के टिभी रिपोर्टर बरखा दत्ता आसपासमा छिन् पत्ता लगाउ। अनि के उनी टाइगर हिलमा भएको गोलीबारीको प्रत्यक्ष प्रशारण गरिरहेकी छन्?’

लेफ्टिनेन्ट जनरल मोहिन्दर पुरी सम्झिन्छन्–बरखा दत्ता टाइगर हिलमा हाम्रो आक्रमणका प्रत्यक्ष प्रशारण गरिरहेको मलाइ जानकारी भएपछि मैले उनलाई तत्काल बन्द गर्न भने। हामी चाहँदैनौं की पाकिस्तानीलाई यसको हावा लागोस्।’
उनले अगाडि भने–मैले यो आक्रमणको जानकारी मात्र आफ्नो कोर कमाण्डरको दिएको थिएँ। उहाँहरुले यो विषयमा सेना प्रमुखलाई पनि जानकारी गराउनु भएको थियो। त्यसकारण बरखा दत्त यति संवेदनशील अपरेशनको लाइभ कसरी गरिरहेकी थिइन् म अचम्ममा परेँ।’

४ जुलाइमा त्यतिबेला रक्षामन्त्री जर्ज फर्नांडिसले टाइगर हिल कब्जा गर्ने घोषणा गरेका थिए, त्यो समय भारतीय सैनिकले टाइगर हिलमा पूरै कब्जा गरिसकेका थिएनन्।

टाइगर हिल उपत्यका त्यो बेला पाकिस्तानी सेनाको कब्जाको थियो। त्यो बेला भारतीय सेनाका दुई बहादुर युवा अफिसर लेफ्टिनेन्ट बलवान सिंह र क्याप्टेन सचिन निम्बाल्करले टाइगर हिल उपत्यकबाट पाकिस्तानी सैनिक हटाउन बल गरिरहेका थिए।
उनीहरु उपत्यका भन्दा ५० मिटर तल थिए। ब्रिगेड मुख्यालमा सूचना पुग्यो–दे आर शर्ट अफ द टप।’

श्रीनगर र उधमपुर हुँदै त्यो सूचना दिल्ली पुग्यो, त्यसको भाषा परिवर्तन भइसकेको थियो। ‘दे आर अन टाइगर टप।’ रक्षा मन्त्रीसमक्ष यो सूचना त्यतिबेला पुग्यो जतिबेला उनी पंजाबमा एक सभालाई सम्वोधन गरिरहेका थिए।

उनले सन्देश हेर्ने वित्तिकै विना पुष्टि टाइटर हिल भारतको कब्जामा आएको घोषणा गरे। जनरल मोहिन्दर पुरीका अनुसार उनले जब कोर कमाण्डर जनरल किशनपाललाई यो खबरको जानकारी दिए। तब उनको पहिलो वाक्य थियो–जानुस्, चाँडो गएर शैंपेन (एक प्रकारको मदिरा) ले नुहाउनुस्।’

उनले सेनाध्यक्ष जनरल मलिकलाई पनि यो खबर सुनाए, र सेनाध्यक्षले फोनमा यो सफलताकालागि शुभकामना दिए। १६७०० फिट उचाइमा रहेको टाइगर हिलमाथि कब्जा गर्ने पहिलो कोशिश मे महिनामा भएको थियो। तर उनले ठूलो क्षति व्यहोर्नु पर्यो। त्यतिबेला के तय गरिएको थियो भने जब सम्म नजिकका पहाडमाथि नियन्त्रण कायम हुँदैन तबसम्म टाइगर हिलमाथि दोस्रो आक्रमण नगर्ने।
३ जुलाईमा आक्रमण भन्दा पहािल भारतीय तोपको १०० ब्याट्रिले एक साथ टाइगर हिलमा गोली बर्साए।

त्यो भन्दा पहिला मिराज २००० विमानले ‘पेव वे लेजर गाइडेड’ बम खसालेर पाकिस्तानी बंगरलाई ध्वस्त पार्यो। यस अघि विश्वमा काँही पनि यति धेरै उचाइमा त्यस प्रकारका हतियार प्रयोग भएका थिएनन्।

यो इलामा भारतीय सैनिकले पूर्वी ढलानमाथिबाट जाने निर्णय गरे। यो करिव ९० डिग्रीको सिधा र करिव असंभव जस्तै चढाइ थियो। तर यो मात्रै एउटा बाटो थियो जहाँबाटमात्रै पाकिस्तानी सेनामाथि आक्रमण गर्न सकिन्थ्यो।

५ जुलाइमा १८ ग्रनेयिर्सका २५ सैनिक फेरि अगाडि बढे। पाकिस्तानी सेनाले ती सैनिकमाथि गोलीबारी गरे। पाँच घण्टासम्म गोली चल्यो। १८ भारतीय सैनिक पछि हट्न बाध्य भए। त्यहाँ मात्र सात सैनिक बाँकी रहे।

‘द ब्रेव’ लेख्ने रचना बिष्ट रावत भन्छिन्–साढे ११ बजे १० पाकिस्तनी सैनिक तल आए उनीहरुले भारतीय सैनिक जिवित छन् की छैनन् भनेर हेर्न आएका थिए। भारतीय सेनासँग मात्र ४५ राउण्ड गोली बचेको थियो। उनीहरुले पाकिस्तानी सैनिकलाई नजिक आउन दिए। उनीहरुले क्रिम कलरको पठानी लगाएका थिए। जसै उनीहरु नजिक आए तब भारतीय सैनिकले फाइरिङ सुरु गरे।’ ती मध्ये एक थिए बुलन्दशहरका १९ वर्षका ग्रेनेडियर योगेन्द्र सिंह यादव।

हामीले पाकिस्तानीमाथि निकै नजिकबाट गोली चलायौं र आठ जनालाई ढाल्यौं। तर ती मध्ये दुई जना भाग्नलाई सफल भए। ती दुई जनाले माथि गएर आफ्ना साथीलाई बताए की तल हामी सात जनामात्रै छौं,’ योगेन्द्रले भने।

उनले अगाडि भने–केही समयपछि ३५ पाकिस्तानी सेनाले हामीमाथि आक्रमण गरे। र हामीलाई चारैतर्फबाट घेरे। मेरा ६ जना साथी मारिए। म भारतीय र पाकिस्तानी सैनिको लाशको बीचमा थिएँ। पाकिस्तानीको इच्छा भारतीय सैनिकलाई मार्ने थियो। उनीहरु भारतीय सैनिकको लाशमाथि पनि गोली चलाइरहेका थिए।’

उनले अगाडि भने–म आँखा बन्द गरेर आफू मर्ने पलको प्रतिक्षा गर्न थालेँ। मेरो खुट्टा, पाखुरा र शरीरका अन्य भागमा करिव १५ वटा गोली लागिसकेका थिए। तै पनि म जिवितै थिएँ।’ त्यसपछि जे भयो त्यो कुनै फिल्मी दृष्य भन्दा कम नाटकीय थिएन।
योगेन्द्रले भने–पाकिस्तानी सैनिकले हाम्रो सबै हतियार उठाए। तर उनीहरुले मेरो गोजीमा रहेको ग्रेनेड खोज्न सकेनन्। मैले आफ्नो सबै शक्ति लगाएर ग्रेनेड निकालेँ, त्यसको पिन हटाएँ र अगाडि बढिरहेका पाकिस्तानी सैनिकमाथि प्रहार गरेँ।’

‘त्यो ग्रेनेड एक पाकिस्तानी सैनिकको हेलमेटमा लाग्यो। त्यसको टाउको नै उड्यो। मैले एक पाकिस्तानी सैनिकको लाश नजिकै रहेको पीका राइफल उठाएँ। मेरो फाइरिङमा पाँच पाकिस्तानी सैनिक मरे।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्य
शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्य
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो
चीनमा आठ दिनमा हजार शैयाको अस्पताल निर्माण (भिडियोसहित)
चीनमा आठ दिनमा हजार शैयाको अस्पताल निर्माण (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
ढुक्क रहनुहोश जित रेणु कै हुन्छ : नेका सभापति देउवा
ढुक्क रहनुहोश जित रेणु कै हुन्छ : नेका सभापति देउवा
डोल्पामा पुस्तक पुगेन्
डोल्पामा पुस्तक पुगेन्

तपाईंले छुटाउनुभयो कि?