तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

सारांश

  • पथरी, मोरङ, २६ असोज तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् ।
  • फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।
  • पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् ।

पथरी, मोरङ, २६ असोज तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् ।

फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।

पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् । पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ बिक्री गर्दै आएको छ । भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन् ।

चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मन पराउने गरेका छन् । विराटनगर–६ स्थित केशलिया रोडमा स्याउको अधिकृत बिक्रेता नागेन्द्र टेड्रर्सका सञ्चालक नागेन्द्र दास अन्य समयको तुलनामा दशैँ, तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी भएकाले बढी परिमाणमा आयात गरिएको बताउनुहुन्छ ।

इटहरी, धरान, विर्तामोड, विराटचौक, उर्लाबारी, इनरुवा, जनकपुरलगायत ठाउँमा दासले नै डिपो खोलेर स्याउ बिक्री गरिरहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने
बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोग
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
के कमजोर बनेका हुन् नेपाली कांग्रेस पार्टी सभापति ?
के कमजोर बनेका हुन् नेपाली कांग्रेस पार्टी सभापति ?
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
सीमा स्तम्भ पुनर्निर्माण शुरु
सीमा स्तम्भ पुनर्निर्माण शुरु