पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै

सारांश

  • दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै हुनुहुन्छ ।
  • उहाँको यो सङ्घर्ष १० वर्षदेखि जारी छ ।
  • सङ्घर्षमा उहाँलाई पछुतो भने छैन ।

दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै हुनुहुन्छ । उहाँको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उहाँलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिर्नुभएको थियो । तेत्तीस महिनाको नोकरीपछि उहाँमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बन्नुभयो । साझेदारीमा चलायएको रेष्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभयो ।

शेर्पाले ‘माउन्ट एभरेष्ट’का नामबाट लिस्बनको कनाईमा रेष्टुरेन्टको शुरुआत गर्नुभयो जुन अहिलेसम्म पनि सञ्चालनमै छ । कामदारका रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिन सक्ने हुनुभएको छ । उहाँ आफूलाई मालिक भन्न भने रुचाउनुहुन्न । “कामदारको रुपमा पोर्तुगल छिरँें, परिश्रम गरेंँ, रेष्टुरेन्ट खोल्न सक्ने भएँ”, शेर्पाले भन्नुभयो, ‘गर्न नसक्ने भन्ने केही छैन । इच्छा र तत्परता भयो भने सबै सम्भव छ ।’

छैन पछुतो
कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगर्नुभएका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्तुगललाई दिनुहुन्छ । “मलाई पोर्तुगल आएकोमा कुनै पछुतो छैन”, शेर्पा भन्नुहुन्छ, “मलाई सिप र क्षमता विकासमा पोर्तुगलले सिकाएको छ ।” कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बन्नुभएका शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्तुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिनुहुन्छ । “लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्तुगलबाट मालामाल बन्न समय लाग्दैन”, उहाँले भन्नुभयो, “काम गर्नुस्, भविष्य आफैंँ बन्छ ।”

सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । “नेपाल, भारत, चीन, बङ्गलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तवय पोर्तुगल बनेको छ”, शेर्पाले भन्नुभयो, “विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु । यसैमा रमाएको छु ।” उहाँका अनुसार एभरेष्टमा कोदोको ढिंँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ । नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्तुगल आएका नेपालीसँगै भारत, बङ्गलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेष्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ ।

व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उहाँले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आउनुभएको छ । “समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु ”, उहाँ भन्नुहुन्छ, “परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ ।” नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उहाँको धारणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविको आज दीक्षान्त समारोह हुँदै
त्रिविको आज दीक्षान्त समारोह हुँदै
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
सरकार र चिकित्सक संघबीच यस्तो भयो सहमती
सरकार र चिकित्सक संघबीच यस्तो भयो सहमती
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग
अन्तराष्ट्रिय सर्प कार्यशालामा के के भयो ?
अन्तराष्ट्रिय सर्प कार्यशालामा के के भयो ?
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज
लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?