राैतहटमा १ सय ६ बिघा सरकारी वन २६ जना व्यक्ति नाउँमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१०२ पटक हेरिएको
Shares
राैतहटमा १ सय ६ बिघा सरकारी वन २६ जना व्यक्ति नाउँमा

सारांश

  • कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन्।
  • जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा नम्बर ३, ४ र ५ मा रहेको वनको जग्गा व्यक्तिका नाममा कायम गराएको फेला परेको हो।
  • आजको नागरिक दैनिकमा समाचार छ ।

कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन्।


जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा नम्बर ३, ४ र ५ मा रहेको वनको जग्गा व्यक्तिका नाममा कायम गराएको फेला परेको हो। आजको नागरिक दैनिकमा समाचार छ ।

नापी विभागको आदेशअनुसार जिल्ला नापी कार्यालयले वनको जग्गालाई १ देखि २३ सम्म कित्ताकाट गरी जग्गाधनी स्रेस्ताका लागि २०७२ साल चैत ८ गते मालपोत कार्यालयमा पेस गरेको थियो।

मालपोतले स्वीकृति जनाएपछि वनको जग्गा विभिन्न २६ जना व्यक्तिको नाममा दर्ता भएको नापी कार्यालयमा अभिलेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?