नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०८०
|
|
४० पटक हेरिएको
Shares
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।”

उनले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वलाई आफूले सधँै उच्च मूल्याङ्कन गर्ने गरेको बताए । “मानव समाजको विकास पनि नवीन सोचको खोजीका क्रममा भएको हो । मानव र अरू प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ”, प्रधानमन्त्रीले भने, “अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ । मलाई विश्वास छ, तपाइँहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहन गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ ।”

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताए । उनले भने, “त्यसका लागि आफैँभित्र सबैभन्दा पहिला सुशासन सुरुआत गर्नुपर्दछ ।”

प्रधानमन्त्री दाहालले नेपालमा कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे । उनले स्थायी सरकारका रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभाव पार्ने बताए ।

कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढङ्गले आफ्नो काम अझ प्रभावकारी तवरले गर्दै परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै    प्रधानमन्त्री दाहालले जुनसुकै क्षेत्रको पनि विकास र प्रगति सही विचारबाट नै हुने भएकाले त्यसमा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कार्यक्रमको उपादेयताका बारेमा जानकारी गराउँदै यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै
राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै
सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै
सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै
आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए
आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए
अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार : किम जोङ उन
अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार : किम जोङ उन
राेनाल्डाे र मेस्सी युगकाे अन्त्य गर्ने यी युद्धबाट उठेका स्टार
राेनाल्डाे र मेस्सी युगकाे अन्त्य गर्ने यी युद्धबाट उठेका स्टार
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
शनिवारदेखि प्रदुषण कम हुँदै जाने
शनिवारदेखि प्रदुषण कम हुँदै जाने
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह