देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
१९ पटक हेरिएको
Shares
देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी

सारांश

  • काठमाडौं, २१ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका फेरि सभापति शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद उत्कर्षमा पुगेको छ ।
  • सभापति देउवाले एकलौटी ढङ्गले एकपछि अर्को गरेर विभिन्न विभागमा आफ्ना मान्छे नियुक्त गरेपछि दुई पक्षबीच विवाद बढेको देउवाको उक्त निर्णय कुनैपनि हालतमा नमान्ने पौडेल समूहको निश्कर्ष छ ।

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका फेरि सभापति शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद उत्कर्षमा पुगेको छ । सभापति देउवाले एकलौटी ढङ्गले एकपछि अर्को गरेर विभिन्न विभागमा आफ्ना मान्छे नियुक्त गरेपछि दुई पक्षबीच विवाद बढेको

देउवाको उक्त निर्णय कुनैपनि हालतमा नमान्ने पौडेल समूहको निश्कर्ष छ । आज मात्रै पनि पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा विहान ११ बजेबाट आन्तरिक छलफलमा जुटका हुन् । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी थिए । तस्विर : युपी लामिछानेको फेशबुक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?