चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल

सारांश

  • नेपालमा एउटै पुल वर्षौ लगाएर पनि निर्माण हुन गारो छ ।
  • तर हाम्रो उत्तरी छिमेकी चीनले भने विकास निर्माणका क्षेत्रमा यस्ता यस्ता उपलव्धिहरु हात पारिरहेको छ जुन देख्दा पनि हामी चकित पर्छौ ।
  • करिब नौ वर्ष लगाएर चीनले समुद्रमाथि विश्वकै सबैभन्दा लामो पुल निर्माण गरेको छ ।

नेपालमा एउटै पुल वर्षौ लगाएर पनि निर्माण हुन गारो छ । तर हाम्रो उत्तरी छिमेकी चीनले भने विकास निर्माणका क्षेत्रमा यस्ता यस्ता उपलव्धिहरु हात पारिरहेको छ जुन देख्दा पनि हामी चकित पर्छौ । करिब नौ वर्ष लगाएर चीनले समुद्रमाथि विश्वकै सबैभन्दा लामो पुल निर्माण गरेको छ । समुद्रमाथि बनाइएको उक्त पुलको राष्ट्रपति सि जिनपिङले औपचारिक उद्घाटन गरिसकेका छन् । हर्षोल्लासका साथ आतिशबाजी गर्दै एक विशेष कार्यक्रमका बीच पुल ५५ किलोमिटर लामो छ ।

हङकङ र मकाउलाई चीनिया शहर झुहाईलाई जोड्ने ५५ किलोमिटर लामो पुल निर्माणका लागि २० अर्व डलर खर्च भएको छ । समुद्रमाथि २२ दशमलव ९ किलोमिटर र ६ दशमलव ७ किलोमिटर समुद्र मुनी सुरुङमा रहेको पुल डबल थ्रि लेनको छ । पुलको बाँकी भाग जमिनमा बनेको छ ।

पुलको निर्माण भएसँगै दुई सहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने बताइएको छ । पुल निर्माणपछि हङकङमा चिनिया पर्यटकहरु बढने अनुमान गरिएको छ । कतिपयले यो पुललाई हङकङलाई नियन्त्रणमा राख्ने चिनियाँ परियोजनाको रुपमा समेत ब्याख्या गर्ने गरेका छन् ।
पुलले आठ म्याग्निच्युडको भूकम्प, समुन्द्री आँधीलाई समेत धान्नसक्ने बताइएको छ । पुल निर्माणमा ४ लाख टन स्टील प्रयोग गरिएको छ । पुलको निर्माण सन दुई हजार नौ मा शुरु भएको थियो । पुल निर्माणमा करिब १७ दशमलव ३ अर्ब डलर खर्च भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?