रेशम चौधरीको सांसद बन्ने बाटो रोकियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रेशम चौधरीको सांसद बन्ने बाटो रोकियो

सारांश

  • काठमाडौं, पुस ९ ।
  • कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ ।
  • फरार रहेकै अवस्थामा चौधरीले राजपाबाट चुनाव जितेका जितेका थिए ।

काठमाडौं, पुस ९ । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । फरार रहेकै अवस्थामा चौधरीले राजपाबाट चुनाव जितेका जितेका थिए ।

फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनुपर्ने माग गर्दै सर्वोच्च गएका थिए । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् ।

सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्ट्रारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ ।

साथै आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।

‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’ सर्वोच्चले भनेको छ ।

सर्वोच्चले अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ नलिएसम्म वैधानिक बन्न नसक्ने स्पष्ट पारेको छ । वैधानिक बन्नका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने भए पनि निवेदक चौधरीले त्यसो नगरेको सर्वोच्चले उल्ल्ख गरेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tapendra Sharma

    Good yo apradhile sajay paunu parxa

    Comment Author

    Jiten Bhandari

    गुड

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?