प्रचण्डसंग यसकारण रूष्ट छन महरा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !

सारांश

  • काठमाडाै, २० जेठ ।
  • नेपालको राजनीतिमा अत्यन्तै चतुर र धूर्त मानिने व्यक्ति हुन् पुष्पकमल दाहाल ।
  • उनको त्यही चतु¥याइँका कारण उनीसँग उनका विश्वास पात्रहरू क्रमशः टाढा हुँदै गएका छन् ।

काठमाडाै, २० जेठ । नेपालको राजनीतिमा अत्यन्तै चतुर र धूर्त मानिने व्यक्ति हुन् पुष्पकमल दाहाल । उनको त्यही चतु¥याइँका कारण उनीसँग उनका विश्वास पात्रहरू क्रमशः टाढा हुँदै गएका छन् ।

त्यतिमात्र होइन प्रचण्डको आफन्तमोह पनि विश्वासपात्र टाढिने अर्को कारण बन्ने गरेकाे धेरै सुनिन्छ। कुनै समय आफूलाई प्रचण्डमा समाहित गरेको भन्ने डा.बाबुराम भट्टराईदेखि राजनीति गुरु मोहन वैद्य र सबैभन्दा विश्वासिला लडाकु नेत्रविक्रम चन्द पनि प्रचण्डको परिवार मोहका कारण टाढिएको तथ्य सर्वविदितै छ । पछिल्लो समयमा पनि प्रचण्डका विश्वासपात्र वर्षमान पुन पनि पूर्ण रूपमा सन्तुष्ट छैनन् । प्रचण्डको परिवार मोहका विरुद्धमा उनका अर्का विश्वासपात्रले पनि असन्तुष्टि देखाउन थालेका छन् ।

प्रचण्डका सबैभन्दा विश्वासपात्रका रूपमा चिनिने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पनि प्रचण्डको परिवार मोहका कारण असन्तुष्ट बनेका छन् । अहिले महरा असन्तुष्ट बन्ने कारण भनेको उनको प्रमुख स्वकीय सचिव नियुक्ति हो । कृष्णबहादुर महरा उनी चुनावी मैदानमा उत्रिएको जिल्ला दाङ निवासी माओवादी नेता पोष्टबहादुर बोगटीका जेठा ज्वाईं निर्मल आचार्यलाई नियुक्त गर्न चाहन्थे तर प्रचण्डले उनलाई छोडेर आफ्नै छोरीज्वाईं सागर केसीलाई सभामुखको प्रमुख स्वकीय सचिव नियुक्त गरे पछि असन्तुष्ट बनेका हुन् । केसी प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालका श्रीमाने हुन् । ज्ञानुको भने निधन भइसकेको छ ।

हालैमात्र दाङका आफू निकटका कार्यकर्तासँगको भेटमा प्रचण्डको परिवारमोहप्रति असन्तुष्टि जनाए । उनले दाङका मान्छेलाई प्रचण्डका कारण सचिवालयमा समेट्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । महरासँगको भेटमा सहभागी दाङका एक नेताहरूको अनुसार महराले प्रचण्ड अचम्मको नेता भएको भन्दै उनी कहिले चिलजस्तो उड्ने त कहिले कुखुराजस्तो भएर रछ्यानमा पनि खोतल्ने गरेको गुनासो गरेका थिए  देशान्तर साप्ताहिकमा खबर छ। उनले आफू प्रचण्डसँग पौठाजोरी खेल्न नसक्ने पनि दाङका नेता कार्यकर्ताहरूसँग गुनासो गरेका थिए । उनले मोहन वैद्य, बाबुराम भट्टराईजस्ता नेताहरूले प्रचण्डसँग पौठाजोरी खेलेर सकिएको बादलले आत्मसमर्पण गरेकोसमेत नेता कार्यकर्तालाई सुनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको  सहमति
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको सहमति
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री  तामाङ
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री तामाङ
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
खरले छाएको घरमा आगलागी
खरले छाएको घरमा आगलागी
भाइरल बन्दै  चर्चित गायक  खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत  “भिटामिन”  ! हेर्नुहोस   (भिडियो सहित)
भाइरल बन्दै चर्चित गायक खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत “भिटामिन” ! हेर्नुहोस (भिडियो सहित)
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई