निजी आवास पुनःनिर्माणले गति लिएन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
निजी आवास पुनःनिर्माणले गति लिएन

सारांश

  • बेंसीशहर, १२ असोज ।
  • विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिन सकेको छैन ।
  • जिल्लाका अधिकांश भूकम्पपिडितले घर निर्माण सम्पन्न गरे पनि निजी आवास पुननिर्माण कार्यक्रमअन्तर्गत सरकारले वितरण गर्ने अन्तिम किस्ता बराबरको रकम पीडितले पाएका छैनन् ।

बेंसीशहर, १२ असोज । विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिन सकेको छैन ।जिल्लाका अधिकांश भूकम्पपिडितले घर निर्माण सम्पन्न गरे पनि निजी आवास पुननिर्माण कार्यक्रमअन्तर्गत सरकारले वितरण गर्ने अन्तिम किस्ता बराबरको रकम पीडितले पाएका छैनन् ।निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या ४ सय ४ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाकोे तथ्यांकमा देखिन्छ । जिल्लाका १३ हजार ९ सय ५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३ सय १३ घरपरिवारले पहिलो किस्ता अनुदान सम्झौता गरिसकेका छन् ।

आवास प्रवलीकरण सूचीमा परेका ५ सय ३९ लाभग्राही मध्यमा हाल सम्म २ सय ९५ घरपरिवारले मात्र पहिलो किस्ता बराबर ५० हजार रुपैया भुक्तानी गरिएको जिल्ला आयोजना कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताउनुभयो । उहाँका अनुसार भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको संख्या ६ हजार ८ सय ५५ रहेको छ ।बेसीशहर नगरपालिकामा १ सय ५१ घर, मस्र्याङ्दी गाउँपालिकामा १ सय १८ घर, दुधपोखरी गाउपालिकामा ५९ घर, मध्यनेपाल नगरपालिकामा ४५ घर, क्व्होलासोंथर गाउँपालिकामा २२ घर, दोर्दी गाउँपालिकामा ८ घर, राइनास नगरपालिकामा १ घर निर्माण सम्पन्न पश्चातको तेस्रो किस्ता वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकामा तेस्रो किस्ता वितरण कार्य सुरु नभएको उहाँले बताउनुभयो ।

अब पहिलो किस्ताका लागि रकम माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको उहाँले बताउनुभयो । जिल्लाका लाभग्राहीमध्ये १३ हजार ३ सय ४ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् । पहिलो किस्ताको तुलनामामा दोस्रो र अन्तिम किस्ता रकम निकासा हुनेको संख्या न्यून देखिन्छ । जिल्लामा हालसम्म चार हजार ४ सय २७ घरपरिवारले दोस्रो किस्ता प्राप्त गरेका छन् । दुई सय घरपरिवारलाइ गैरसरकारी संस्थामार्फत पहिलो र दोस्रो किस्ता प्रदान गरिएकोे थियो ।लाभग्राहीले आफ्नो वडामा सम्झौता त्यसको रेकर्ड हामीसम्म आउनासाथ पहिलो किस्ता प्राप्त गर्न सकिने व्यवस्था छ, त्यसकारण प्रथम किस्ता निकासामा समस्या नभएको उहाँले बताउनुभयो ।

दोस्रो र तेस्रो किस्ता प्राप्त गर्न आवास निर्माण भई त्यसको परीक्षण हुनुपर्छ । जिल्लामा पुननिमार्णको काम नै ढिलो सुरु भएको भन्दै स्थानीय जनप्रतिनिधिको आग्रहमा दोस्रो किस्ताको रकम निकासामै बढी जोड दिएका कारण पनि अन्तिम किस्ता लिनेको सख्या न्युन रहेको रेग्मीले बताउनुभयो ।भौगोलिक अवस्थाको कठिनाई र प्राविधिक परिचालनमा ढिलाई भएकाले निर्माण हुँदै गरेका घरको चेकजाच र सिफारिसमा केही सुस्सता आएको गुनासोपछि प्राधिकरणले प्राविधिक थप गरेको जिल्ला समन्वय प्रमुख प्रमुख लोकराज पाण्डेले बताउनुभयो । प्राविधिक परिचालन अगावै निर्माण सम्पन्न घरहरुको किस्ता छिटो सिफारिस हुनुपर्नेमा जोड दिएको छु, उहाँले भन्नुभयो ‘जनता यसै त पीडित छन्, त्यसमाथि झन ऋणको बोझ नथपियोस् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?
नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
Raghav Juyal, Punit Pathak and Dharmesh Yelande starrer ‘Nawabzaade’ trailer is totally a laughter riot!
Raghav Juyal, Punit Pathak and Dharmesh Yelande starrer ‘Nawabzaade’ trailer is totally a laughter riot!
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
Greatest Lego Patterns to Build For Your Child’s Birthday
मेलम्चीको पानी काठमाडौँ पठाइयो
मेलम्चीको पानी काठमाडौँ पठाइयो
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको नेतृत्व गर्ने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने

तपाईंले छुटाउनुभयो कि?