सुनको मूल्यमा नयाँ रेकर्ड कायम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
२९ पटक हेरिएको
Shares
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सारांश

  • काठमाडौं ।
  • सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेकाे छ ।
  • आज तोलामा ८०० बढेसँगै नयाँ रेकर्ड कायम गरेकाे  हाे ।

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेकाे छ । आज तोलामा ८०० बढेसँगै नयाँ रेकर्ड कायम गरेकाे  हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि उच्च भाउ हुँदा छचापावाल सुनको मूल्य १ लाख १३ हजार ६०० सम्म पुगेको रेकर्ड छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४६५ मा कारोबार भएकोमा आज २५ रुपैयाँ बढेर तोलामा १ हजार ४९० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?