टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १७, २०७७
|
|
५० पटक हेरिएको
Shares
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

सारांश

  • १७ कात्तिकः टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको त्यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
  • भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुको भनाईलाई विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।
  • टर्कीमा गएको सो भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।

१७ कात्तिकः टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको त्यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुको भनाईलाई विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।

टर्कीमा गएको सो भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।

भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । सो विभागकाअनुसार ती घाइतेमध्ये २१९ जना अहिले पनि उपचाररत रहेका छन् भने अरु अस्पतालबाट डिस्चार्ज भएका पनि सो विभागमा अधिकारीहरुले जानकारी गराएका छन् ।

भूकम्पपछि एक हजारभन्दा बढी पराकम्प महसुस गरिएको थियो । तीमध्ये ४३ परकम्पहरु ४ म्याग्निच्युडका भन्दा माथिकै रहेका र स्थानीय बासिन्दाले महसुश गरेका जानकारी दिएका छन् ।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुगेको जानकारी सोमबार दिएका हुन् ।

उनले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरे । त्यहाँका दर्जनौ घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ ।

उद्धारको काम जारी रहेको र हाल त्यहाँ हजारौँ नागरिक टेन्टमा बसेका बताइएको छ । जसका कारण ठूलो संख्यामा सहयोगको आवश्यकता रहेको पनि अधिकारीहरुले जनाएका छन् ।-एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
लघु चलचित्र प्रतियोगिता हुँदै
लघु चलचित्र प्रतियोगिता हुँदै
ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा
ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा