देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ शोधपुस्तक सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
४५ पटक हेरिएको
Shares
देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ शोधपुस्तक सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • श्रीप्रसाद देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ नामक शोधपुस्तक शनिबार सार्वजनिक भएको छ ।
  • एड्रोइट पब्लिसर,नयाँ दिल्ली यो पुस्तकको प्रकाशन गरेको हो ।

काठमाडौं । श्रीप्रसाद देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ नामक शोधपुस्तक शनिबार सार्वजनिक भएको छ । एड्रोइट पब्लिसर,नयाँ दिल्ली यो पुस्तकको प्रकाशन गरेको हो ।

देवकोटाद्वारा लिखित उक्त शोधमा दश वर्षे जनयुद्ध र जनयुद्धले स्कुले बालबालिकाको शैक्षिक जीवनमा पारेको असरका बारेमा स्थलगत अनुसन्धान गरी त्यसको समधानका लागि आवश्यक सुझाब समेत दिने काम गरिएको छ ।

लेखकले यस पुस्तकमा विशेषतः द्वन्द्व र बालबालिकासम्बन्धी जे जति सन्धिहरु भएतापनि दशवर्षे जनयुद्धमा राज्य र बिद्रोही शक्ति तत्कालिन नेकपा (माओवादीबाट मानव अधिकारसम्बन्धी) अन्तर्राट्रिष्य सन्धिहरुको चरम उलंघन गरेको पाइएको बताउँदै त्यसका करण हजारौँ बालबालिकाको शिक्षाकमा गम्भीर असर परेको उल्लेख गरेका छन् ।

यस शोध पुस्तकमा देवकोटाले सन् १९९६ देखि २००६ सम्म १८ वर्ष नपुगेका स्कुले बालबालिकाहरुको जनयुद्धले उक्त समयमा पारेको शैक्षिक असर र शान्ति प्रक्रिया पश्चात् उनीहरुको जीवनशैलीका बारेमा अनुसन्धान गरेका छन् ।

पुस्तकमा गरिबी, राजनैतिक उत्प्रेरणा, अभिभावकको पेशा तथा राज्य र बिद्रोही शक्तिको यातना नै स्कुले बालबालिकाको शैक्षिक जीवनको मुख्य अबरोधका कारण भएको उल्लेख गरिएको छ ।

विविध कारणले केही बालबालिकाहरु प्रत्यक्षरुपमा लडाकुको रुपमा जनयुद्धमा सहभागी भएको त कोही जनयुद्दमा अभिभाबकको मृत्युकै कारण शिक्षाबाट बञ्चित रहेको बताउँदै शान्ति प्रक्रियापश्चात् राज्य र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुमार्फत सामाजिक पुर्नस्थापनाका लागि केही कार्यक्रमहरु संचालन गरिएको भए पनि ती प्रयाप्त नभएको र ती प्रयासले पीडित बलबालिकाहरुलाई सामाजिक समायोजनमा कुनै राहात प्रदान नगरेको लेखकको निष्कर्ष छ ।

लेखकका अनुसार, जनयुद्धकालीन समयमा शैक्षिक अवसरबाट बन्चित बालबालिकाहरु शान्ति प्रक्रियापश्चात् थप समाजिक बिभेद, गरिबी र घृणाका पात्रहरु बनेका छन् ।

सामाजिक समायोजनका क्रममा उनीहरु कतै अयोग्य लडाकु त कतै सामाजिक अपराधीको रुपमा बहिष्कृत छन् । लेखकले पीडित बालबालिकाको आवश्यकता भन्दा पनि द्वन्द्वरत देशहरुले सामजिकीकरणमा प्रयोग गरिएको अन्तर्राष्ट्रिय अनुभवलाई जबरजस्त प्रयोग गर्न खोजेका कारण सही रुपमा समायोजन हुन नसकेको उल्लेख गरेका छन् ।

त्यसकारण राज्यले पीडितहरुको खास समस्याको पहिचान गरी उनीहरुकै आवश्यकता अनुरुपका पुनःस्थापनाका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने लेखकको मत रहेको छ ।

द्वन्द्वका कारण शिक्षाको अवसरबाट बन्चित बालबालिकाहरुलाई पुनः औपचारिक शिक्षामा जोड दिनुभन्दा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्ने सुझाब लेखकले पेस गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा एकको मृत्यु
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
वन्यजन्तु जोगाउन ‘ताल मर्मत र घाँसेमैदान व्यवस्थापन’
वन्यजन्तु जोगाउन ‘ताल मर्मत र घाँसेमैदान व्यवस्थापन’
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
माओवादीका समानुपातिक उम्मेदवार कांग्रेसमा
माओवादीका समानुपातिक उम्मेदवार कांग्रेसमा
अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट
कार्यशैली सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी
कार्यशैली सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू