देशभरका प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा
सारांश
- काठमाडौं, ९ साउन ।
- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा गरेको छ ।
- काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य र ललितपुरमा प्रेमराज जोशी आएका छन् ।
काठमाडौं, ९ साउन । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा गरेको छ । काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य र ललितपुरमा प्रेमराज जोशी आएका छन् । आचार्य जिल्ला प्रशासन कार्यालय मोरङमा थिए ।
त्यस्तै, चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको अध्यागमन विभागमा सरूवा भएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया