राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०७४
|
|
६७ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै

सारांश

  • काठमाडौँ, ११ जेठ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।
  • यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गर्नुभएको थियो ।

काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गर्नुभएको थियो ।

मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।

निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गर्नुभएको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा नेकपा (एमाओवादी केन्द्र)का अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा २०७३ साउन २० गते नयाँ सरकार गठन गर्नुभएको थियो ।

वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।

संसद् भवनमा आउनु हुँदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
प्रधानमन्त्री भारतका लागि प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री भारतका लागि प्रस्थान, यस्तो छ भ्रमण तालिका
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
निर्वाचन आयोगमा २१ दल दर्ता
निर्वाचन आयोगमा २१ दल दर्ता
मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित
मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड
‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड