देशभर चिसो बढ्यो
सारांश
- काठमाडौं, २१ मंसिर ।
- काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
- चिसो बढेसंगै पूर्व, पश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ ।
काठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसंगै पूर्व, पश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका अधिकांश क्षेत्रमा कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केहिदिन मौसम स्थिर रहने र देशभर चिसो अझै बढ्न सक्ने जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौंको आज विहानको अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने न्युतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । सूर्याेदय विहान ६ बजेर ४१ मिनेटमा भएको थियो भने सूर्याेस्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया