देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह

सारांश

  • काठमाडौँ ।
  • केही दिनदेखि देशभर भारी वर्षा भईरहेको छ।
  • निरन्तरको मनसुनी वर्षाका कारण साना तथा ठूला नदीहरुमा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ।

काठमाडौँ । केही दिनदेखि देशभर भारी वर्षा भईरहेको छ। निरन्तरको मनसुनी वर्षाका कारण साना तथा ठूला नदीहरुमा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ।

हाल नेपालको पुर्व देखि पश्चिम तराई भू-भागमा मनसुन न्यूनचापिय रेखा रहिरहनेरहेकाले आगामी २४ घण्टासम्म भारी वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अझै केही दिनसम्म देशभर पूर्ण बदली रहि धेरैजसो स्थानहरुमा मनसुनी वर्षा भईरहने छ।

अविरल वर्षाका कारण पाल्पाको सिद्धबाबामा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । यता नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशीमा पनि पानीको वहाव एकदमै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि खतराको घण्टी र रातो झण्डा राखिएको छ । बाढीकै कारण भारतका आसाममा ३ जनाको ज्यान गएको छ भने ४ लाख मानिस प्रभावित भएका छन्।

संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
मेलम्ची। एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ। पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुनसकेको थिएन।

“चीनबाट सामग्री भित्रिन थालेको छ”, भन्सार अधिकृत केशवराज ओलीले भने। भन्सारले कारोवार शुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए। ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ। सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
सरकारले दिँदैछ युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा (विवरण सहित)
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
प्रदेश २ का हत्याकोआरोपी मन्त्रीले गरेआत्मसमर्पण
प्रदेश २ का हत्याकोआरोपी मन्त्रीले गरेआत्मसमर्पण
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने
जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
कोरोनाबाट विश्वभर तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित

तपाईंले छुटाउनुभयो कि?