द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

सारांश

  • तेह्रथुम, ६ साउन ।
  • १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् ।
  • द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् ।

तेह्रथुम, ६ साउन । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ ।

यस्तै मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने २० परिवारलाई रु १५ लाख पाँच हजार ७०० वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले बताउनुभयोे । विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाको आवेदन लिएर राहत वितरण गरिएको हो । जिल्लाका द्वन्द्वपीडितका लागि रु ६४ लाख बजेट उपलब्ध भएकोमा यो वर्ष पनि तेह्रथुमका द्वन्द्वपीडितका लागि आएको रु ११ लाख ९५ हजार खर्च नभई फिर्ता गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद अमरेश कुमार सिँहलाई लक्षित गरी सर्लाहीमा गोली प्रहार
सांसद अमरेश कुमार सिँहलाई लक्षित गरी सर्लाहीमा गोली प्रहार
हरेक जिल्लामा नमुना आयोजना : मुख्यमन्त्री पौडेल
हरेक जिल्लामा नमुना आयोजना : मुख्यमन्त्री पौडेल
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात  जना घाइते
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात जना घाइते
अबको चुनावमा नेपाली नागरिकले विदेशबाटै भोट दिन पाउने
अबको चुनावमा नेपाली नागरिकले विदेशबाटै भोट दिन पाउने
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
आज चीनसँग हुँदैछ यी सम्झौता
आज चीनसँग हुँदैछ यी सम्झौता

तपाईंले छुटाउनुभयो कि?