थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन

सारांश

  • थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् ।
  • सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरुले गठबन्धन बनाएका हुन् ।
  • यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ ।

थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् ।
सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरुले गठबन्धन बनाएका हुन् । यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ ।
निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला केही पार्टीहरुले गठबन्धन बनाएर सरकार बनाउने कसरत सुरु गरेका हुन् ।

स्वेच्छिक निर्वासनमा रहनुभएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टी सहित अन्य छ पार्टी गठबन्धनमा छन् ।

“हामीले सरकार बनाएर शक्तिको दुरुपयोग रोक्न चाहन्छौँ,” फिउ थाइको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले थप्नुभयो, “लोकतन्त्रको पक्षधर पार्टीहरुलाई नै जनताले साथ दिएका छन्, विश्वास गरेका छन् ।”

गत आईतबार भएको मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रुपमा अहिले सम्म पनि सार्वजनिक गरिएको छैन ।

कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ । निर्वाचन आयोगका अधिकारीले भने ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन् ।

यही बीचमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाउनु भएको छ ।

सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएको देखिएको छ।
कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन् । उनीहरुले अनुगमनका क्रममा देशव्यापी रूपमा मत किनबेच भएको थाहा पाएको जनाएका छन् ।

सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकहरूबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता रहेको छ ।

कुल ७५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५०० जना निर्वाचनमार्फत छानिन्छन भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनीत गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु
कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु
नेप्से परिसूचकमा सुधार
नेप्से परिसूचकमा सुधार
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई  झुटो सूचना ?
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई झुटो सूचना ?
अबैध लागूऔषध सहीत लामा पक्राउ
अबैध लागूऔषध सहीत लामा पक्राउ
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश
विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश
धादिङ २ मा एमालेका खेम लोहनीले मुश्किलले जिते
धादिङ २ मा एमालेका खेम लोहनीले मुश्किलले जिते
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?