स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३६ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाउन आग्रह

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।
  • मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताए ।

उनका अनुुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ । सहप्रवक्ता डा अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गरे ।

आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७० पुगेका छन् । नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ । शून्यमा झरेको सङ्क्रमण नेपाल र भारतको खुला सिमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो । अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन् ।

काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पतालमा नियमित पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ
तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ
पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् अध्यक्ष दाहाल
पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् अध्यक्ष दाहाल
लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
Suggestions for Looking For a Better half Through Internet dating
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली
सिभिल लघुवित्तको शेयर कारोबार आजबाट फुकुवा