धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २८, २०७६
|
|
३४ पटक हेरिएको
Shares
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु

सारांश

  • शुक्रबार मध्यराति भएको बम बिष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ ।
  • धनुषामा भएको बिष्फोटमा घाइते भई उपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएका उनको विहान ७ बजे निधन भएको हो ।
  • संखुवासभा घर भएका दाहाल धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए ।

शुक्रबार मध्यराति भएको बम बिष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ । धनुषामा भएको बिष्फोटमा घाइते भई उपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएका उनको विहान ७ बजे निधन भएको हो ।

संखुवासभा घर भएका दाहाल धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए । शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्र नगरमा राजेशकुमार साहको घरको शौचालय अगाडि राखिएको बम एकिन गर्न जाने क्रममा बिष्फोट भएको थियो । त्यस क्रममा घरमुली ४६ वर्षीय राजेशकुमार साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।

इन्स्पेक्टर दाहाल, प्रहरी जवान रिजन महतो, साहका छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । दाहालको उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?