हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ९, २०८१
|
|
५२ पटक हेरिएको
Shares
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित

सारांश

  • सिमकोट।
  • हुम्लामा हिमपात भएको छ।
  • सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो।

सिमकोट। हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए।

यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ। जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ। हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    ustvarjanje racuna na binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?