लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ७, २०७४
|
१२
|
२३ पटक हेरिएको
Shares
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’

सारांश

  • मधेस आन्दोलनको उदगम स्थल सिरहाको लहान नगरपालिकामा नेकपा एमाले भारी मत अन्तरले विजयी भएको छ ।
  • लहान नगरपालिकाका मेयरमा मुन्नी साह र उपमेयरमा सरियार चौधरी विजयी भए ।
  • मुन्नीले २१ सय ३० मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराए ।

मधेस आन्दोलनको उदगम स्थल सिरहाको लहान नगरपालिकामा नेकपा एमाले भारी मत अन्तरले विजयी भएको छ । लहान नगरपालिकाका मेयरमा मुन्नी साह र उपमेयरमा सरियार चौधरी विजयी भए ।

मुन्नीले २१ सय ३० मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराए । उनले ११ हजार ३०७ मत ल्याएर बिजयी भए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अचमितलाल चौधरीले ९ हजार १७७ मत पाए ।

त्यसैगरी उपमेयर सरियार चौधरीले १२ सय ६२ को फराकिलो मत अन्तरले नेपाली कांग्रेसका पुनम चौधरीलाई हराए । सरियारले ११ हजार १६८ मत ल्याएर उपमेयरमा बिजयी बने । निकटतम प्रतिद्वन्द्वी पुनम चौधरीले ९ हजार ९०६ मत प्राप्त गरेकी छन् ।

२४ वटा वडा रहेको लहान नगरपालिकामा नेकपा एमालेले वडानम्बर ५, ९, १०, ११, १३, १७, १८, १९, २४ मा जीत हासिल गरेको छ ।
वडा नम्बर १, २, ३, ४, ६, १२, १४, १५, १६ र २३ मा नेपाली कांग्रेस बिजयी भएको छ । त्यसैगरी संघीय समाजवादी फोरम नेपालले ३ र माओवादी केन्द्रले २ वटा वडा जितेका छन् ।

सिरहा जिल्लाको सबैभन्दा बढी मतदाता रहेको लहान नगरपालिकामा ४७ हजार ३ सय मतदाता रहेेका छन् । २४ हजार ३ सय २० पुरुष र २२ हजार ९ सय ८० महिला मतदाता छन् । असोज दुई गते सम्पन्न स्थानीय तह निर्वाचनमा ३४ हजार १८१ मत खसेको थियो ।

को हुन् मुन्नी साह ?

मुन्नी साहले २०५४ सालमा नेकपा एमालेको तर्फबाट लहान नगरपालिकाको एक कार्यकाल स्थानीय निकाय सञ्चालन गरिसकेका छन् ।

उनले स्थानीय निकायको नेतृत्व गरेदेखि लहानले व्यवस्थित नगर विकासले गति लिएको थियो । लहान नगरपालिका भित्र सडक सञ्जाल र ढल निकासको ब्यवस्था गरी लहानमा विकासको जग बसाएका साह लहान नगरपालिकामा सबैको मनमा बसेका विकासप्रेमी निष्ठवान नेताको रुपमा चिनिन्छन् ।

मुन्नी साह संविधान सभा निर्वाचन २०७० मा पनि सिरहाको निर्वाचन क्षेत्र एकबाट तत्कालीन माओवादीको तर्फबाट चुनाव लडेका थिए ।

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    सुरज लामा

    हार्दिक बधाई तथा कार्यसफलतको शुभ कामना।

    Comment Author

    Govind Thapa

    बधाइ छ , जनताको सेवा गरी पुन मंगसीरको चुनावमा पनी जीताउन सहयोग पुगोस हजुरको कार्यकालले

    Comment Author

    Dhruba Mudvari

    Muni saha laai shuvakaamanaa

    Comment Author

    Babu Ram Paudel

    बधाई छ कमरेड

    Comment Author

    Shova Bhattarai

    bhadhai xaa

    Comment Author

    Janardan Uprety

    Hardik badhai !

    Comment Author

    सुर्य निरौला

    हार्दिक बधाई छ बिजयी कमरेड हरुमा ।

    Comment Author

    Sita Karki

    Congratulations..

    Comment Author

    Phuleshwor Prasad

    बधाई छ कमरेड सफल कार्यकाल काे

    Comment Author

    Ram Prasad Paudel

    बधाई ।

    Comment Author

    Yugal Kishor Shah

    Congratulations.

    Comment Author

    Ram Bdr Singh

    Badhai xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?