‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
४० पटक हेरिएको
Shares
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण

सारांश

  • काठमाडौं, ११ कात्तिक ।
  • नेपालमा हिम्मतवालीका नायक बनेर चर्चामा आएका नेपाली मुलका क्यानडेली नागरिक सुर्दशन गौतमको थप प्रमाण सोधखोज भएको छ ।
  • मानव बेचबिखनको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतबाट वारेन्टसमेत जारी भैसकेको छ ।

काठमाडौं, ११ कात्तिक । नेपालमा हिम्मतवालीका नायक बनेर चर्चामा आएका नेपाली मुलका क्यानडेली नागरिक सुर्दशन गौतमको थप प्रमाण सोधखोज भएको छ । मानव बेचबिखनको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतबाट वारेन्टसमेत जारी भैसकेको छ । संगठित मानव तस्करीको अभियोग लागेपछि गौतम विरुद्ध रेडकर्नर नोटिस जारी गर्ने क्रममा नेपाल प्रहरीलाई प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले अन्य थप कागजातसमेत माग गरेको हाे ।

गत साउन ३ गते अदालतले गौतम विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । कलाकारको आवरणमा भारत नयाँ दिल्लीहुँदै रुसको मस्को, कोलम्बिया हुँदै अमेरिकामा मानव तस्करी गर्न खोजेको भन्दै उनी विरुद्ध नेपाल प्रहरीले प्रमाण बटुल्दैछ ।  उनी क्यानेडियन नागरिक भएकाले इन्टरपोलले अन्य थप कागजात प्रमाण खोजेको बताइएको छ । मानव बेचबिखनमामा लागेका प्रमाण पुगेपछि इन्टरपोलमा गौतमविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने सम्भावना देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

सुदर्शन गौतमले पछिल्लो समयमा हाइटीमा संस्कार नामको चलचित्र बनाउने भन्दै त्यहाँ पुराउने क्रममा बाटैमा खानपानको अभावमा सुमित्रा कुँवरको मृत्यु भएको थियो । उनीसँगै अमेरिका जाने भनेर हिडेका ६० लाख खर्च गरेका दुई युवतीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए । उनीहरुको उजुरीपछि गौतमविरुद्ध संगठित मानव तस्करीको अनुसन्धान प्रहरीले शुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?