सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने

सारांश

  • काठमाडौं ।
  • इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई प्रति विद्यार्थी राहत स्वरुप दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

काठमाडौं । इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई प्रति विद्यार्थी राहत स्वरुप दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

‘नेपालबाट (लर्न एन्ड अर्न) कार्यक्रम अन्तरगत इजरायलमा विद्रोही समूहको आक्रमणबाट दिवंगत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रू. २ लाख उपलब्ध गराइनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण र नेपाल फर्कन इच्छुक नेपाली तथा निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि सरकारलाई आग्रह गरेका छन् । कामसँगै अध्ययनका लागि इजरायल गएका १० नेपाली विद्यार्थीको आक्रमणमा परी मृत्यु भएको छ । जसमा सुदूरपश्चिमका मात्रै सात जना छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो
चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो
कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने
कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने
डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त
डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त
विदेशबाट चिनी ल्याउन रोक्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट चिनी ल्याउन रोक्न प्रधानमन्त्रीको निर्देशन
‘सेक्स’मा चरमसुखका ८ रोचक रहस्य !
‘सेक्स’मा चरमसुखका ८ रोचक रहस्य !
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित
परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर-१ बाट निर्वाचित

तपाईंले छुटाउनुभयो कि?