धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्छ : अध्यक्ष लोहनी
सारांश
- काठमाडौँ, २३ वैशाख,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विभिन्न धर्मका अभियन्ता तथा धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
- अध्यक्ष लोहनीले गत महिना विराटनगरमा गोली प्रहारबाट घाइते हुनुभएका गुरु श्री निवाससँग चाबहिलस्थित निवासमा आज भएको भेटघाटका क्रममा उक्त घटनामा संलग्न अपराधीको खोजी गर्न सुरक्षा निकायलाई आग्रह गर्दै सो विषयमा भइरहेको अनुसन्धानलाई लिएर आफूले चाँडै गृहमन्त्री रामबहादुर थापासँग भेट गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
- मुलुकमा परम्परादेखि चल्दै आएका वैदिक परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले बाह्य शक्तिको प्रभावमा देशको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभयो ।
काठमाडौँ, २३ वैशाख,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विभिन्न धर्मका अभियन्ता तथा धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष लोहनीले गत महिना विराटनगरमा गोली प्रहारबाट घाइते हुनुभएका गुरु श्री निवाससँग चाबहिलस्थित निवासमा आज भएको भेटघाटका क्रममा उक्त घटनामा संलग्न अपराधीको खोजी गर्न सुरक्षा निकायलाई आग्रह गर्दै सो विषयमा भइरहेको अनुसन्धानलाई लिएर आफूले चाँडै गृहमन्त्री रामबहादुर थापासँग भेट गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुलुकमा परम्परादेखि चल्दै आएका वैदिक परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले बाह्य शक्तिको प्रभावमा देशको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभयो ।
गुरु श्री निवासले आफूले मुलुकमा प्रचलनमा रहेका सबै धर्म तथा संस्कृतिलाई ‘सर्वधर्म सम भाव’ को दृष्टिले सम्मान गर्ने जनाउँदै सनातन हिन्दू धर्मको जगेर्ना आफ्नो कर्तव्य भएको बताउनुभयो ।
Rk Paul Tmg
Nepal ma dharmik guru dherai xan hindu dharmik guru christian dharmik guru buddist dharmik guru muslim dharmik guru kirat dharmik guru yasto dharmik guru nepal dharma nirpekxe desh ma dherai dharmik guru haru xa kaslai dine surkxiya vaneko neta ji ke hindu dharma ko guru le matra surakxiya paune aru dharma ko gurule chahi surkxiya napaune ho