बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
४१ पटक हेरिएको
Shares
बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प

सारांश

  • काठमाडौं।
  • सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौं। सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। यस्तै सयौँ घरमा क्षति पुगेको थियो।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्। “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड
१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
टिपरको ठक्करले मृत्यु
टिपरको ठक्करले मृत्यु
राजकीय अन्तिम संस्कारमा महारानीले ‘आजीवन गरेको सेवा’ को सम्झना
राजकीय अन्तिम संस्कारमा महारानीले ‘आजीवन गरेको सेवा’ को सम्झना
निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा
निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा