धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

सारांश

  • धनुषा ।
  • कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ ।
  • जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।

धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।

उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्षसमेत रहनुभएका कट्टेलले विपद्को समयमा सहयोगी मनले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गर्नुभएको थियो । आज जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा पर्नुभएका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गर्नुभयोे ।

त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघद्वारा जानकीनगर स्कुलस्थित ५० जना घरधुरी बाढीपीडितलाई राहत खाद्यान्न सामग्री वितरण गरिएको छ ।

खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, सोयाबिन, मसालालगायतको सामग्री रहेको छ । त्यस्तै मिल्सएरिया धर्मसंस्थामा बस्दै आएका बाढीपीडितलाई खानानास्ता समेतको व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरण : थप पाँच पक्राउ
ललिता निवास प्रकरण : थप पाँच पक्राउ
निर्मलाका साथीले लेखिन् प्रधानमन्त्री ओलीलार्इ मार्मिक पत्र !
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा
एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा
डा उपेन्द्र देवकाेटा नरहेको असत्य खबर सोसल मिडियामा भाइरल !
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन

तपाईंले छुटाउनुभयो कि?