धौलिगङ्गा बाँध पुनः खोलियो, सतर्कता अपनाउन आग्रह
सारांश
- बैतडी।
- भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
- बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
बैतडी। भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ ।
सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए। यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया