नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
१६ पटक हेरिएको
Shares
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ

सारांश

  • बारा ।
  • बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
  • बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् ।

बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् ।

मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । यसैबीच, बारा- २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् ।

तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?