नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २३, २०८०
|
|
१६ पटक हेरिएको
Shares
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ

सारांश

  • काठमाडौं।
  • प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ।
  • पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उनलाई बुधबार पक्राउ पुर्जी जारी भएको थियो।

काठमाडौं। प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ। पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उनलाई बुधबार पक्राउ पुर्जी जारी भएको थियो।

ठगी प्रकरणमा पक्राउ परेकाहरुको बयानका आधारमा रायमाझी र उनका छोरालाई पुर्जी जारी भएको हो । रायमाझीका छोरा पक्राउ परिसकेका छन् भने रायमाझी सम्पर्कविहीन छन्। गत चैत १२ गते पक्राउ परेका सानु भण्डारीको डायरीमा भेटिएको प्रमाण र उनको बयानका आधारमा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको हो ।

रायमाझी सम्पर्कविहीन भएको विषयलाई उच्चस्तरीय राजनीतिक नेतृत्वबीचको भेटघाटसँग पनि जोडेर चियोचर्चा हुँदैछ।

खासगरी बिहिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटघाटपछि यसखाले चर्चा शुरु भएको हो । भेटमा उनीहरुबीच नक्कली शरणार्थी प्रकरणका विषयमा समेत छलफल भएको थियो ।

छलफलपछि एमाले अध्यक्ष ‌ओलीले दोषीले उन्मुक्ति पाउन नहुने तर निर्दोष फँस्न नहुने भन्दै रायमाझी बाटोमा हिंड्दा हिंड्दै समाउनुपर्ने मान्छे होइन भन्ने प्रतिकृया दिएका थिए।

बिहिबार नै माओवादी पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताए।

उनले नक्कली शरणार्थी बनाउने र गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारले अधिकतम पहल गर्ने पनि उल्लेख गरे। प्रहरीले पनि चिया चर्चामा गरिए जस्तो दवाव र प्रभावमा रायमाझी पक्राउ नपरेको भन्ने कुरालाई अस्वीकार गरेको छ ।

अझै पनि १०-११ जना हाइप्रोफाईल पक्राउ पर्न सक्ने जानकारी प्रहरीले दिइसकेको छ । तर २ महिनाको समय पाएर अनुसनधानमा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुसनधानको काम सक्न अब करिव १८ दिनको समय मात्र बाँकी छ ।

https://starsoffline.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?