राजेश हमालको पनि युट्युव च्यानल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
२५ पटक हेरिएको
Shares
राजेश हमालको पनि युट्युव च्यानल

सारांश

  • महानायक राजेश हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका छन् ।
  • बुधबार ‘राजेश हमाल अफिसियल’ युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नामक भ्लगको ट्रेलरमा महानायक हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका हुन् ।
  • महानायक हमालले सार्वजनिक ट्रेलरमा नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको भन्दै मेयर हुने चाहना जाहेर गरेका हुन् ।

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका छन् । बुधबार ‘राजेश हमाल अफिसियल’ युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नामक भ्लगको ट्रेलरमा महानायक हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका हुन् ।

महानायक हमालले सार्वजनिक ट्रेलरमा नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको भन्दै मेयर हुने चाहना जाहेर गरेका हुन् । उनले भनेका छन्, ‘शहरलाई चाहिने खै, ब्यूटीफाई गर्ने भन्ने कुरामा चाँहि कसैको ध्यान गएको छैन । भाषणमा चाँहि भनिरहेका हुन्छन्, प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो कि, ढंग नपुगेर हो कि ! एक चोटी यो काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ।’

गाडीमा घुमिरहेका हमालले चालकसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि जनाएका छन् । त्यस्तै सार्वजनिक ट्रेलरमा हमालले आफ्ना केही फिटनेस क्रियाकलापहरु समेत प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?