चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?

सारांश

  • नेपाल आएका एक चिनियाँ विज्ञहरुले विभिन्न परियोजनाका नाममा चीनले देशहरुलाई ऋणको चंगुलमा पार्न खोजेका भन्ने आरोपको खण्डन गरेका छन्।
  •   उनीहरुले चिनियाँ ‘डेप्ट ट्याप’को विषय पश्चिमा देशको ‘षडयन्त्रको सिद्धान्त’ भएको बताए।
  •  सेन्टर अफ साउथ एशिया स्टडिज तथा चिनियाँ राजदूतवासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले चीनले अघि सारेका ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ले कुनै पनि देशमा ऋणका जोखिममा नरहेको दाबी गरे।

नेपाल आएका एक चिनियाँ विज्ञहरुले विभिन्न परियोजनाका नाममा चीनले देशहरुलाई ऋणको चंगुलमा पार्न खोजेका भन्ने आरोपको खण्डन गरेका छन्।  उनीहरुले चिनियाँ ‘डेप्ट ट्याप’को विषय पश्चिमा देशको ‘षडयन्त्रको सिद्धान्त’ भएको बताए। सेन्टर अफ साउथ एशिया स्टडिज तथा चिनियाँ राजदूतवासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले चीनले अघि सारेका ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ले कुनै पनि देशमा ऋणका जोखिममा नरहेको दाबी गरे।

चाइना एकेडेमी अफ सोसल साइन्सको नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका प्राध्यापक ये हाइलिङले विदेशी ऋणको विषय पश्चिमाहरुको षडयन्त्रण सिद्धान्त मात्रै भएको दाबी गरे।‘सबैभन्दा धेरै ऋण भएको मुलुक जापान हो, अमेरिका पनि त्यस्तै छ। ऋण नभएको देश उत्तर कोरिया हाे उसकाे वैदेशिक ऋण शून्य छ,’ प्राध्यापक येले भने, ‘जापान, अमेरिका बन्ने कि उत्तर कोरिया बन्ने त्याे विचार गर्ने विषय हो। चिनियाँ डेप्ट ट्रयापको विषय पश्चिमा देशले अघि सारेको षड्यन्त्रणको सिद्धान्त मात्रै हो।’ ये दक्षिण एशियाली स्टडिजको एडिटोसिएर डिपार्टमेन्टमा प्रमुख समेत हुन्। कार्यक्रममा उनले बिआरआइको घोषणा भएपछि धेरै अफवाह, षडयन्त्रण सिद्धान्तहरुको जन्म भएको दाबी गरे। ‘पहिलो तीन वर्ष चीनले भूराजनीतिक प्रभाव विस्तार गर्न खाेज्याे भनियो। त्यसपछि डेप्ट ट्यापको विषय उठाउन थालिएकाे छ,’ उनले भने, ‘छिमेकी देशहरुलाई प्रभाव पार्न खाेज्याे भनिएकाे छ। पश्चिमा देशहरुको भाषाका प्रभावको कारण यस विषयलाई अघि बढाएको बताएका छन्।’

चाइना एकेडेमी अफ इन्टरनेसनल ट्रेड एन्ड इकोनोमिक को–अपरेसनका प्राध्यापक झु चाइहुईले चीनअघि सारेको बिआरआई परियोजना चौथो विश्वव्यापीकरण भएको बताइन्। ‘पुरानो विश्वव्यापीकरणभन्दा यसमा फरक भनेको पूर्वाधार निर्माणमा यसले जोड दिएको छ,’ प्राध्यापक झुले भनिन्, ‘दक्षिण एशियामा पूर्वाधार निर्माणका लागि लगानी अभाब छ। त्यसलाई पूरा गर्न खोजेका हौं।’

दक्षिण एशियाका देशहरुमा भारत र भुटानबाहेक सबैले बिआरआईमा हस्तक्षार गरिसकेका छन्। बिआरआई अन्तर्गत करिब ६० अर्ब अमेरिकी डलरका लागतमा पाकिस्तानमा विभिन्न पूर्वाधारका परियोजनाहरु सञ्चालन भइरहेका छन्। चीन–पाकिस्तान इकोनोमिक कोरिडोर(सिपेक) सञ्चालनमा रहेको छ। त्यसैगरी श्रीलंकामा बन्दरगाह निर्माणसहित विभिन्न परियोजनाहरु निर्माणका चरणमा रहेका छन् । बंगलादेशमा पनि परियोजना सञ्चालनमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृहत् गुरुयोजनाको खाका तयार
बृहत् गुरुयोजनाको खाका तयार
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
फेरियाे सुरक्षा रणनीति : आवश्यक परे गोली हान्ने अधिकार
फेरियाे सुरक्षा रणनीति : आवश्यक परे गोली हान्ने अधिकार
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन
उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी

तपाईंले छुटाउनुभयो कि?