मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले

सारांश

  • काठमाडौँ, २३ फागुन ।
  • विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् ।
  • पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं.

काठमाडौँ, २३ फागुन । विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् ।

त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् मौशमलाई घटना लगत्तै घाईते अवस्थामा प्रहरीले उद्धार गरेको थियो । छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार जिवित उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा राखिएको छ ।

छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक विवादका कारण दुवैले आत्महत्याको प्रयास गरेको भनिए पनि यसको खास कारण भने खुल्न सकेको छैन । तर, यसबारे थप अध्ययन भइरहेको मुद्दा शाखा प्रमुख विष्णु फुँयालले जानकारी दिएका छन् । यी दुवैको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारिक श्रोतले जनाएको छ । (गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
मनाङमा वामगठबन्धन विजयी !
मनाङमा वामगठबन्धन विजयी !
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
चितवनका मतदाता तीन लाख ५४ हजार
चितवनका मतदाता तीन लाख ५४ हजार
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो