पर्यटकीय गन्तव्य बन्दै ‘ह्याप्पील्याण्ड’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५० पटक हेरिएको
Shares
पर्यटकीय गन्तव्य बन्दै ‘ह्याप्पील्याण्ड’

सारांश

  • भद्रपुर, १५ भदौ ।
  • ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
  • कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

भद्रपुर, १५ भदौ । ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १२ करोडको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।

फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको ‘सेल्फी डाँडा’ले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ हात्ती, बाघ, गैँडालगायतको प्रतिमासमेत राखिएको छ । पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुङ्गी र वन्यजन्तु राखिएको छ । पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ । यहाँ निर्माण गरिएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ ।

“शनिवार र चाडपर्वमा अत्यन्त भीड लाग्छ”, सञ्चालक मनोजले भन्नुभयो, “भारत, बङ्गलादेश र भूटानबाट समेत पर्यटक घुम्न आउने गरेका छन् ।” पर्यटकबाट प्रतिव्यक्ति रु ५० शुल्क लिने गरिएको छ । नौ महिनाको अवधिमा टिकट बिक्रीबाट रु एक करोड ७५ लाख आम्दानी भएको उहाँले बताउनुभयो । यस अवधिमा दुई लाख ८६ हजार आन्तरिक तथा बाह्य पर्यटकले फनपार्कको अवलोकन गरिसकेका छन् ।

“पर्यटक आकर्षित गर्न सङ्ग्रहालय बनाउन थालेका छौँ,” सञ्चालक दिनेशले भन्नुभयो । उहाँका अनुसार ५६ सिट भएको पुरानो जहाजभित्रै सङ्ग्रहालय बनाउन थालिएको छ । फनपार्कबाट ४० जनाले रोजगारी पाएका छन् । दमक नगरपालिका–२ युवा व्यवसायी प्रकाश प्रसाईंलेसमेत सात बिघा निजी जग्गामा रु १० करोडको लगानीमा फनपार्क निर्माण थाल्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोवार्इलको टावर खोज्दै कृष्ण बहादुर !
मोवार्इलको टावर खोज्दै कृष्ण बहादुर !
रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !
बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु
घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु
नविना लामा र रामकुमारी झाँक्री  पहिलो पटक सांसद बन्दै !
नविना लामा र रामकुमारी झाँक्री पहिलो पटक सांसद बन्दै !
आगलागीबाट २२ लाख बढीको क्षति
आगलागीबाट २२ लाख बढीको क्षति