‘लुट-२’को आक्रामक ब्यापार

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
५१३ पटक हेरिएको
Shares
‘लुट-२’को आक्रामक ब्यापार

सारांश

  • निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट-२’ शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ ले बम्पर ओपनिङ गरेको छ ।
  • शिवरात्रीको अबसरमा विदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले हाउसफूल ओपनिङ गर्यो ।
  • पहिलो चलचित्र ‘लुट’बाट चर्चामा आएका बस्नेत निर्देशित ‘लुट-२’प्रति आम दर्शक आशावादी छन् ।

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट-२’ शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ ले बम्पर ओपनिङ गरेको छ । शिवरात्रीको अबसरमा विदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले हाउसफूल ओपनिङ गर्यो ।

पहिलो चलचित्र ‘लुट’बाट चर्चामा आएका बस्नेत निर्देशित ‘लुट-२’प्रति आम दर्शक आशावादी छन् । उनको चलचित्रले बक्स अफिसमा राम्रो पकड जमाउनेमा दर्शकदेखि वितरक समेत आशावादी देखिएका छन्  भने राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

बर्ष २०७३ कै सर्वाधिक प्रतिच्छित फिल्म बनेको माधव वाग्ले निर्मित ‘लुट २’ को ओपनिङ डे कलेक्शनले नै हालसम्मको सबै फिल्मको रेकर्ड ब्रेक गर्ने अनुमान छ । फिल्मले पहिलो दिन मात्रै १ करोड २० लाख आसपासको ओपनिङ गर्नसक्ने अनुमान छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, एलिशा राई, कर्मा शाक्य, कामेश्वर चौरासिया, विपिन कार्की, सुशिल पाण्डे, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् । शनिबार अनि आइतबार पनि लगातार परेको विजनेसले फिल्मको पहिलो तीन दिने कलेक्शन ३ करोड बढिको हुनसक्ने अनुमान छ ।

हेर्नुस भिडियो सहित 

https://www.youtube.com/watch?v=ZJfL__Yt1c8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?