नयाँ प्रधानमन्त्री निर्वाचनमा सुवास नेम्बाङको दाबी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नयाँ प्रधानमन्त्री निर्वाचनमा सुवास नेम्बाङको दाबी !

सारांश

  • काठमाडौं, पुस १५ ।
  • तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न सकिने संवैधानिक व्यवस्था भएको बताएका छन् ।
  • संविधान निर्माणको नेतृत्वकर्ता नेम्वाङले विश्वभरिका संसदीय अभ्यासमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठनका लागि ढोका खुला हुने प्रचलन रहेको बताएका छन् ।

काठमाडौं, पुस १५ । तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न सकिने संवैधानिक व्यवस्था भएको बताएका छन् ।

संविधान निर्माणको नेतृत्वकर्ता नेम्वाङले विश्वभरिका संसदीय अभ्यासमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठनका लागि ढोका खुला हुने प्रचलन रहेको बताएका छन् ।

नेम्वाङका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री निर्वाचन हुन सक्ने संवैधानिक व्यवस्था राखी संविधान निर्माण भएको छ ।

यसअघि २०४८ सालमा र जनआन्दोलन २ पछि पुनस्थापित संसदको पनि बैठक बस्नुअघि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेको नजिर स्थापित भइसकेको उनले बताएका छन् । -नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?