ठगी मुद्दामा अभिनेत्री सोनाक्षी सिन्हाको बयान लिइदै
सारांश
- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् ।
- भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो ।
- सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् ।
त्यसपछि सोनाक्षीविरुद्ध ठगी गरिएको भन्दै मुद्दा दर्ता गरिएको थियो । यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली मुम्बई गएको थियो । ठगी गरेको मुद्दामा प्रहरी टोली सोनाक्षीको बयान लिन जुहुस्थित उनको घरमा पुगेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोली सोनाक्षीको घर पुग्दा उनी घरमा थिइनन् । तसर्थ प्रहरी टोली फेरि दोस्रो पटक सोनाक्षीको घर जानसक्ने बताइएको छ । यस घटनाका विषयमा सोनाक्षीका म्यानेजरले भने सोनाक्षीलाई लगाएका सबै आरोप झूटो रहेको बताएका छन् । साथै उनले यो सबै सोनाक्षीको छवी खराब गर्ने तरिका भएको बताएका छन् ।
केही समयअघि सोनाक्षी सिन्हा चलचित्र ‘कलंक’ मा देखिएकी थिइन् तर त्यो चलचित्रले बक्स अफिसमा सफलता हासिल गर्न सकेको थिएन । अहिले सोनाक्षी आगामी चलचित्र ‘खानदानी सफाखाना’ को प्रचारमा व्यस्त छिन् । यो चलचित्र सन् २०१९ को अगष्ट २ मा रिलिज हुनेछ ।
दबंग ३ मा यस्तो छ सलमान खानको रोल
सोनाक्षी सिन्हाले एउटा भिडियोमा फिल्म दबंग ३ को बारेमा केही महत्वपुर्ण जानकारी दिएकी छिन् । बलिउड स्टार सलमान खान र सोनाक्षी छिट्टै दबंग ३ मार्फत दशर्कमाझ आउँदैछन् । दबंग ३ को प्रतिक्षामा रहेका उनीहरुका फ्यानलाई लक्षित गर्दै सोनाक्षीले एउटा अन्तरवार्तामा फिल्मको बारेमा केही महत्वपुर्ण कुराहरु सार्वजनिक गरेकी हुन् ।
सोनाक्षीका अनुसार दबंग ३ सिक्वेल नभएर प्रिक्वेल हो जसमा फिल्ममा क्यारेक्टर चुलबुल पाण्डेको कथा फ्ल्यासब्याकमा प्रस्तुत गरिएको छ । फ्ल्यासब्याक स्टोरी भएका कारण फिल्ममा दुवैलाई कम उमेरको क्यारेक्टरमा देख्न सकिन्छ । आफुलाई कम उमेरको देखाउनका लागि अहिले सलमानले जिममा कडा परिश्रमका साथ पसिना बगाइरहेका छन् ।
सलमान र सोनाक्षीको हिट फिल्म दबंगको पहिलो सिरिज २०१० मा सुरु भएको थियो । दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । फिल्ममा यो पटक दक्षिण भारतीय फिलमका सुपरस्टार सुदिप किच्चाले भिलेनको रोलमा अनुबन्धित भएका छन् । यो सिरिजको पहिलो फिल्मलाई अनुराग कश्यपका भाई अभिनव कश्यपले निर्देशन गरेका थिए । २०१२ मा दबंग २ प्रदर्शन भएको थियो ।
नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
भद्रपुर। भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन्। झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन्।
यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन्। उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन्।
भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए।
निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन्।
यो पनि पढ्नुस्
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता कार
भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चन लक्जरी कारका शौखिन पनि हुन् । उनीसँग लगभग एक दर्जन लक्जरी कार छन् ।
यी सबै मध्ये उनीसँग भएको रोल्स रोयसलाई विशेष मानिन्छ, किनभने यसलाई निर्देशक विधुविनोद चोपडाले ‘एकलव्य’ चलचित्रमा प्रभावशाली अभिनय गरे वापत दिएका थिए ।
अझै महत्वपुर्ण पक्ष के छ भने उनीसँग सबै गरी ११ लक्जरी कार छन् । अमिताभको जन्म दिन पनि अक्टोवरको ११ तारिखमै हो ।
अमिताभ बच्चनसँग सानदार रोल्स रोयस फ्यान्टम कार छ । जेम्स बन्डले आफनो फिल्ममा पनि यही कार प्रयोग गर्थे । भारतीय बजारमा रोल्स रोयसको मूल्य साढे ३ करोड रुपैयाँ पर्छ । उनीसँग बेन्टलेको कार सिजिटी पनि छ । यसको मूल्य लगभग २ करोड रुपैयाँ पर्छ ।
अमिताभलाई सर्वा््िधक मन पर्ने कार आर आर वोग पनि उनीसँगै छ । यसको मूल्य १ करोड ५ लाख ११ हजार १४ रुपैया भएको बताइएको छ । मर्सि््िडज एस ६०० । यो सानदार कार उनले निकै शौखिन तरिकाले चलाउछन् । यसको मूल्य ६ करोड रुपैयाँ पर्छ ।
उनीसँग मर्सि्डिज एस ३५० पनि छ, जसको मूल्य लगभग ९० लाख रुपैयाँ पर्छ । उनीसँग पोर्से क्यामेन र बीएमडब्ल्युको ७६० एलआई पनि छ ।
प्रतिक्रिया