नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि

सारांश

  • यसवर्षको मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल अस्पतालले विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।
  • सोही क्रममा आज विहानै अस्पतालले प्रभातफेरि कार्यक्रम आयोजना गर्यो ।
  • प्रभातफेरिमा गतवर्ष नर्भिकमा विविध किशिममा मुटुरोगका सफलतापूर्वक उपचार गराई नवजीवन प्राप्त गरेका विरामी, चिकित्सक, नर्भिकका कर्मचारी र सर्वसाधारणलाई सहभागि थिए ।

यसवर्षको मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल अस्पतालले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । सोही क्रममा आज विहानै अस्पतालले प्रभातफेरि कार्यक्रम आयोजना गर्यो । प्रभातफेरिमा गतवर्ष नर्भिकमा विविध किशिममा मुटुरोगका सफलतापूर्वक उपचार गराई नवजीवन प्राप्त गरेका विरामी, चिकित्सक, नर्भिकका कर्मचारी र सर्वसाधारणलाई सहभागि थिए ।

प्रभातफेरि विहान ६ः३० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर सम्पन्न भएको थियो । नर्भिक अस्पतालका मुटुरोग विभागीय निर्देशक प्रा.डा.यादवदेव भट्ट सहित अन्य मुटुरोग विशेषज्ञ सहित करिब २०० सहभागि थिए ।

विश्व मुटु दिवस कार्यक्रमको औपचारिक उद्घाटन भोली शनिबार विहान ११ः३० बजे हुने अस्पतालले जनाएको छ । औपचारिक कार्यक्रम सुरु हुनु अघि विहान ८ बजेदेखि १० बजेसम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ । प्रशिक्षण प्रा.डा भट्टसहितको मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओ.पी.डी विभागमा दिनेछ ।

विश्व मुटु दिवस विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको हो । यस वर्षको मुटु दिवस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्व मुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !
चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !
१८ किलाे  सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
१८ किलाे सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

तपाईंले छुटाउनुभयो कि?