नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
सारांश
- काठमाडौं, १६ असोज ।
- रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल वीच मंगलबार एक सहमति पत्रमा हस्ताक्षर भएकाे छ ।
- रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल वीच डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परीवारलाई विशेष प्राथमिक एवंम सहुलियत पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको हाे।
काठमाडौं, १६ असोज । रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल वीच मंगलबार एक सहमति पत्रमा हस्ताक्षर भएकाे छ । रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल वीच डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परीवारलाई विशेष प्राथमिक एवंम सहुलियत पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको हाे।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्ता मणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले असोज १५ गते एक विशेष समारोहका वीच उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार नर्भिकले रोट्री इन्टरनेशनलका सम्पूर्ण रोट्रीयनहरू तथा तिनका परिवारलाई एक बिशेष प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाममूलक र उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ । ललितपुरमा आयोजित रोटरीयनहरूको इन्टरसिटी बैठक हुँदै गर्दा उक्त सहमतिमा हस्ताक्षर भएको हो । इन्टरसिटी बैठक तथा सहमति पत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूले आयोजना गरेका थिए । उक्त बैठकमा रोटरी क्लबका पूर्व डिष्ट्रिक्स गभर्नरहरू, प्रेसिडेन्टहरू, विशिष्ट पदाधिकारीहरू र नर्भिकको मेडिकल अन्कोलोजी विभागका चिकित्सकहरूकाे सहभागीता थियाे ।
रोटरी क्लब दरबारमार्गका चार्टर्ड प्रेसिडेन्ट तथा नर्भिक मेडिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा राजेन्द्र प्रसाद बरालले सो समारोहमा अर्वुद रोग (क्यान्सर) र तिनका जटिलताहरू, रोकथामका उपायहरू आदि बारे आफ्नो गहन मन्तव्य दिएका थिए भने नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा. डा अचला वैद्यले नेपालमा महिलाहरूमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र योनीको मुखको क्यान्सर र तिनलाई समयमै निदान गराउँदाका फाइदाहरू आदि बारे वृहत् प्रस्तुति दिएकी थिइन । रोटरीयन डा.निरज श्रेष्ठले रजोनिवृत महिलाहरूमा देखापर्ने अस्थीपञ्जरको समस्या लगायत ओस्टियोपोरोसिसको निदानात्मक, उपचारात्मक एवम रोकथामका उपायहरू बारे व्याख्या गरेका थिए ।
सहमतिअनुसार आ–आफ्ना सामाजिक उत्तरदायित्व अन्तर्गत नर्भिक र रोटरी इन्टरनेशनलको संयुक्त तत्वावधानमा देशका विभिन्न भागमा विशेष स्वास्थ्य शिविर गर्दै लगिने र समाजलाई सेवा पु¥याउँदै लगिने सहमति भएको छ ।
प्रतिक्रिया