स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्

सारांश

  • काठमाडौं ।
  • स्कुटर चोर्नेहरु ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीले स्कुटर तथा मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय रहेको भन्दै अनुसन्धन गरिरहेको बताएको छ ।

काठमाडौं । स्कुटर चोर्नेहरु ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्कुटर तथा मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय रहेको भन्दै अनुसन्धन गरिरहेको बताएको छ ।

स्कुटर चोर्ने गिरोहका व्यक्तिहरु पार्किङ गरेर राखेको स्कुटरलाई आफ्नै स्कुटर जस्तो गरेर डोराउँदै निकालेर लैजान्छन् । केही पर पुगेपछि लक खोलेर सम्बन्धित ठाउँमा पठाउने गरेको पाइएको छ।
स्कुटर चोर्ने गिरोहमा ५ जना पक्राउ परेका छन् ।

काठमाडौं कोटेश्वर बस्ने सिन्धुपाल्चोक डाँडापाखरका १९ वर्षीय सुरज थापा, रामेछाप थिरपानीका १९ वर्षीय बिक्रम श्रेष्ठ, झापा भद्रपुरका २१ वर्षीय बिपिन गुरुङ, अर्घाखाँची सन्धीखर्कका १८ वर्षीय बिबेक खनाल, चितवन पुरानो पर्साका १८ वर्षीय अभिषेक बरामलाई प्रहरीले पक्रेको छ ।

स्कुटर र मोटरसाइकल घटनामा संलग्नलाई चोरी मुद्दामा कारवाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

चैत्र १९ गते नयाँ बानेश्वरका विकास श्रेष्ठको कम्पाउण्डबाट पार्किङ् गरेर राखेको बा७८प १०१३ होण्डा कम्पनीको डियो स्कुटर हराएको थियो । पुरानो बानेश्वरका कुलबहादुर सुनारको बा ५० प ७६२ को एभिएटर स्कुटर हराएको थियो । उनीहरुले प्रहरीमा उजुरी गरेका थिए ।

दुवैको स्कुटर प्रहरीले त्यही गिरोहसँग भेटाएको थियो । प्रहरीले पक्राउ परेकाहरुलाई अदालतबाट थप ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?